US Khabar

बेरुत बिस्फोटले लेवनानको सरकार ढल्यो: प्रधानमन्त्री सहित मन्त्रिपरिषदका सबैले दिए राजीनामा

- Admin | ३ वर्ष पहिले प्रकाशित

बेरुत बिस्फोटले लेवनानको सरकार ढल्यो: प्रधानमन्त्री सहित मन्त्रिपरिषदका सबैले दिए राजीनामा

गत मंगलबार बेरुतमा भएको शक्तिशाली बिस्फोटपछि लेबनानको सरकार ढलेको छ । बिस्फोटको कारण सरकार भएको भन्दै सर्वसाधारणको आक्रोश बढ्न थालेपछि लेवनानका प्रधानमन्त्री हसन डिएब सहित मन्त्रिपरिषदका सबैले राजीनामा दिएका हुन् ।

बिस्फोट पछि लगातार सरकार विरोधी प्रदर्शनहरु भै रहेको लेवननानका प्रधानमन्त्री डिएबले टेलिभिजन मार्फत यस घटना र जनताको आक्रोस बिषयलाई सम्बोधन गर्दै आफ्नो राजीनामा घोषणा गरेका हुन् ।

मंगलबार राति बेरुतको तटीय क्षेत्रमा बिस्फोटक पदार्थ भण्डारण गरिएको गोदाममा बिस्फोट भएको थियो । २२० जनाले ज्यान गुमाईसकेको यस घटनामा ६ हजार भन्दा बढि मानिस घाईते हुनुका साथै ११० जना बेपत्ता रहेका छन् ।

बिष्फोटक पदार्थ भण्डार गरिएको गोदाममा भएको यस बिस्फोटको फोटो तथा भिडियो सामाजिक संजालमा भाईरल हुँदै आएको छ । जसमा मानिसहरुको कोलाहाल साथै रगताम्य घाईतेहरुको भयावह अवस्था देखिन्छ । (एजेन्सी)

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!