कञ्चनपुरको जनज्योति बहुमुखी क्याम्पसको शेयर विक्री ठगी गरेको आरोप लागेपछि सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन्। राज्यमन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन्।

मन्त्री रावलको हस्ताक्षर भएको पत्रमा आफूमाथि लागेको आरोप र लाञ्छनाको निष्पक्ष र तथ्ययुक्त छानविनमा सहयोग पुगोस् भनेरै राजीनामा दिएको उल्लेख छ।

आइतबार दिउँसो साढे १ बजेतिर मुख्यमन्त्री समक्ष राज्यमन्त्री रावलले राजीनामा दिएको मन्त्रालयका प्रवक्ता भरतप्रसाद श्रेष्ठले बताएका छन् ।

२०७५ असोज २३ गते रावल प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका थिए। रावल कञ्चनपुर(३ ‘क’ बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्।

Comments

comments