बंगलादेशको ढाकामा आइतबार भएको प्रथम एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ ।

अरुणा शाहीको कप्तानीमा पहिलो पटक मैदानमा उत्रिएको नेपालले पहिलो खेलमा नै राम्रो सुरुवात गरेको हो। आफ्नो पहिलो खेलमा नेपालले अफगानिस्तानलाई २५–४, २५–९ र २५–६ को सोझो सेटमा हराएको छ ।

प्रतियोगितामा आयोजक बंगलादेशसँगै नेपाल, किर्गिस्तान, अफगानिस्तान र माल्दिभ्स सहभागी भएको खेलमा नेपालले दोस्रो खेल सोमबार किर्गिस्तानसँग खेल्ने छ ।

Comments

comments