मनपरी हैन गाँठे, हाम्रो पानीमा
आलै छ घाउ १८ को नालापानीमा
माछि मार्न जाउँ न दाजै कालापानी……

कालपानी बिबादले देश तातिरहेको समय गायक बिधान श्रेष्ठले आफ्नो कालापानी गीतका बारेमा सामाजिक सञ्जालमा बोलेका छन् । २०५५\०५६ सालतिर कालापानी बिबाद चर्चिएको समय गायक बिधानलाई संचारकर्मी तथा निर्देशक भुषण दाहालले ‘कालापानीको बारेमा एउटा गीत बने राम्रो हुन्थ्यो’ भनेर सुझाव दिएपछि गायक बिधान आफ्नो ईनरुवा स्थित घर गएका बेला उनका बुवालाई कालापानीको गीतका बिषयमा कुरा गरे । उनका बुवाले तुरुन्दै ‘माछि मार्न जाउँ न दाजै कालापानीमा’ गीतको शब्द लेखेर संगीत सहित दिएपछि २०५६ सालमा यो गीत रेकर्ड भयो ।

तर रेकर्ड भएर रेडिया तथा टेलिभिजनमा बज्न थालेको २ महिनाजती मा नै यो गीत बजाउन बन्द गरियो । गायक बिधानलाई कुनै सुचना नदिई बन्द गरिएको यो गीतबारे उनि बिभिन्न च्यानलमा गएर बुझ्दा कसैले पनि यो कुरा बताएन । ‘बज्छ गीत’ भन्दै उनलाई पर्काएपनि त्यो समय गीत बजेन ।

गायक बिधानका अरुसार अचानक बज्न बन्द भएको यो गीत फेरी ३\४ बर्षपछि फेरी बिस्तारै आफैं बज्न थाल्यो ।

गायक श्रेष्ठले यो गीत सुन्दा नेपाली जनतालाई भावुक र जागृत गराउने भएको प्रतिकृया पाएको बताउँदै सरकारले सिमा बिबादको समस्या सुल्झाउनु नसकेकोमा दुख ब्यक्त गरेका छन् ।

 

Comments

comments