गैर आवासिय नेपाली संघ एनआरएनएले ११ बुँदे माग सहित सुझाव संकलन सुरु गरेको छ । संघले प्रेस विज्ञप्ती जारी गर्दै गैर आवासीय नेपाली सङ्घ अन्तराष्ट्रिय समन्वय परिषद्बाट गैर आवासीय नेपालीहरूसँग जोडिएका विभिन्न विषयहरूमा सुझाव संकलन सुरु गरेको बताएको हो ।

जारी विज्ञप्तीमा गैर आवासीय नेपाली सम्बन्धी ऐन २०६४ तथा नियमावली २०६६ लाई प्रतिस्थापन गर्ने सम्बन्धमा हाल नेपाल कानुन आयोगले कार्य गरिरहेको कुरा जानकारी गराउँदै गैर आवासीय नेपालीहरूसँग जोडिएका विभिन्न विषयहरूमा बेहोर्नु परेका व्यवहारिक, प्रशासनिक र कानुनी समस्याहरू सम्बन्धमा राय तथा सुझावहरू सङ्कलन सुरु गरिएको उल्लेख गरिएको छ ।

संघका अनुसार गैर आवासिय नेपाली परिचय पत्र, नेपाल प्रवेश गर्ने भिषा, आर्थिक लगानी, सम्पत्तीको अधिकार लगायतका बिषयमा ११ बुँदे माग सहित सुझाव संकलन सुरु गरिएको हो । यष बिषयमा पठाईएका सुझावहरु नोभेम्बर १२ सम्म आईपुग्नु पर्ने उल्लेख छ जसका लागि [email protected] or [email protected] यचन मा मेल गर्न सकिने छ भने एनआरएनए आइसिसीको पत्र हेर्नका लागि  https://adobe.ly/2NZYNYmलिङ्कमा क्लिक गरेर हेर्न सकिने छ ।

एनआरएनए आइसिसी बाट माग गरिएका सुझाव सम्बन्धी बुंदाहरूः

१. नेपालको संविधान २०७२ को धारा १४ मा उल्लेख भएको गैह्र आवासीय नेपाली नागरिकको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार को परिभाषा सम्बन्धमा ।

२. विदेशी मुलुकको नागरिकता प्राप्त गैर आवासीय नेपालीहरूको चल-अचल सम्पत्ति को भोग चलन, बिक्री वितरण र सुरक्षा सम्बन्धमा ।

३. गैर आवासीय नेपालीहरूको लगानीमा देखिएका कानूनी तथा प्रशासनिक कठिनाइ सम्बन्धमा ।

४. गैर आवासीय नेपालीहरूलाई राष्ट्रिय परिचय (National Identity Card) को व्यवस्था सम्बन्धमा ।

५. गैर आवासीय नेपाली परिचय पत्र (NRN Card) का सम्बन्धमा ।

६. विदेशी मुलुकको नागरिकता प्राप्त गैर आवासीय नेपाली वा उनीहरूका परिवारका सदस्यलाई दिइने भिसा सम्बन्धमा ।

७. विदेशमा बस्ने नेपाली नागरिकहरूले विदेशी भूमिबाट मतदान गर्न पाउने व्यवस्था सम्बन्धमा ।

८. विश्वव्यापी मान्यता अनुसार एक वर्षमा १८३ दिन नेपाल बाहिर बस्ने तथा विद्यार्थी समेट्ने गरी गैर आवासीय नेपालीहरूको परिभाषा गर्ने सम्बन्धमा ।

९. तिन पुस्ता पछिका गैर आवासीय नेपालीहरूका सन्ततिहरूलाई गैर आवासीय नेपालीको परिभाषा भित्र समेट्ने सम्बन्धमा ।

१०. विदेशी नागरिकसँग विवाह गर्ने नेपाली महिला, पुरुष वा उनीहरूका सन्ततिहरूको नागरिकता वा परिचय पत्र दिइने सम्बन्धमा ।

११. गैर आवासीय नेपाली नागरिकका सम्बन्धमा देवानी संहितामा जोडिएका अन्य विषयहरू सम्बन्धमा ।

Comments

comments