विश्वकप २०२२ को छनोटमा कुवेत विरुद्ध प्रतिस्पर्धा गर्ने नेपाली टिमका ४ खेलाडी राष्ट्रिय टिमबाट बर्खास्त भएका छन् । गएराती ठमेलको रात्रि क्लवमा भेटिएपछि विश्वकप छनौटमा रहेका विमल घर्तिमगर, अन्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङलाई अखिल नेपाल फुटबल संघ ९एन्फा०ले राष्ट्रिय टिमबाट बर्खास्त गरेको हो ।

गए राति ठमेलका बिभिन्न नाईट क्लवमा रातको २ बजे सम्म रहेको भेटिएपछि अनुशासनहीन काम गरेको भन्दै एन्फाका उच्च पदाधिकारीले प्रशिक्षक योहान कालीनसँगको छलफलपछि वरखास्त गरिएका उनिहरु आज दिउँसो ३ बजे भुटान प्रस्थान गर्न लागेका खेलाडी हुन् ।

उनिहरु कारवाहीमा परेपछि उनिहरुको ठाउँमा बैकल्पिक ४ खेलाडीलाई भुटान पठाईने भएको छ । यसअघि पनि विमलसहित राष्ट्रिय टिमको खेलाडी बन्द प्रशिक्षणमा रहेको समय रातको समयमा डिस्कोमा गएर अनुशासनहिन कार्य गरेको भेटिएको थियो ।

 

Comments

comments