US Khabar

जातीय विभेद् एवं छुवाछुत बिरुद्धको कथा चलचित्र ‘काँडाको बाटो’ निर्माण घोषणा

- Admin | ३ वर्ष पहिले प्रकाशित

जातीय विभेद् एवं छुवाछुत बिरुद्धको कथा चलचित्र ‘काँडाको बाटो’ निर्माण घोषणा

नेपाली समाजमा बिद्यमान जातीय विभेद् एवं छुवाछुतका कारण हजारौं अप्रिय घटना समाजमा घट्दै आएका छन् घटि नै रहेका छन् । यसको बिरुद्धमा कयौ यस अघिका चलचित्रले पनि आवाज उठाएका छन् । यसै बिच जातीय विभेद् एवं छुवाछुत बिरुद्ध नयाँ चलचित्र बन्ने भएको छ । यस बिषयमा सरोकार राख्ने संस्था तथा सरोकारवाला साथै चलचित्र युनिटको उपस्थितीमा “काँडाको बाटो” नामक चलचित्र निर्माणको घोषणा गरिएको हो ।
जातिय विभेद एवं छुवाछुत अन्त्यका लागि राष्ट्रिय संजालका केन्द्रिय अध्यक्ष बिष्णुकुमार देवकोटाका अनुसार समाजमा सदिऔं देखि जरा गाडेर बसेको समाजको कलंकको रुपमा रहेको जातिय विभेद् एवं छुवाछुत तथा जातिय सद्भाव कायम गर्नै उदेस्यका साथ नेपाली कथानक चलचित्र “काँडाको बाटो” निर्माण हुन लागेको हो ।
देवकोटाले भने “दलित समुदाय र गैह्रदलित एवं दलित समुदाय भित्रैपनि रहेको छुवाछुत र जातीय विभेदलाई समेटेर चलचित्र निर्माण गरीने छ ” ।
चलचित्र टुनिटका अनुसार सामाजिक सचेतना अभिबृद्धि गर्दै समाजमा जातिय सद्भाव कायम गर्नै उदेस्यले निर्माण गर्न लागेको यस चलचित्र ,चलचित्र बिकास बोर्डबाट स्विकृति लिई राष्ट्रव्यापि प्रदर्शनमा आउने छ ।
यस चलचित्रमा निर्माता पनि समाजका प्रतिष्ठीत ब्यक्तीहरु रहेका छन् । जसमा उद्योगपति एवं समाजसेवी खड्ग बुढाथोकी, सफल व्यवसायी एवं समाजसेवी अभियान बस्नेत, सफल व्यवसायी एवं उद्योगपति जगदिश सोनी, सफल व्यवसायी एवं समाजसेवी पुष्कर के.सी., जातिय विभेद एवं छुवाछुत अन्त्यका लागि राष्ट्रिय संजालका केन्द्रिय अध्यक्ष बिष्णुकुमार देवकोटा, सुगम संगित गायक शरद् समिप, आभुषण व्यवसायी एवं कलाकार चुर्ण सेर्पाईली (धुव)को यस चलचित्रमा लगानी रहने छ ।
चलचित्रमा रीतेश ह्यान्कक, बिराज पौडेल, ज्याकलिन रोकाया, सुमित्र गिरी, लक्ष्मि गौतम, ईशा गुरुङ्ग लाई अनुबन्धीत गरिएको छ । बाँकी कलाकार छनौट प्रकृया जारी रहने निर्माण पक्षले जनाएको छ ।
निर्देशक अंकित डि.सी.को निर्देशनमा निर्माण हुन लागेको यस चलत्रिच प्रदेश नं ५ का विभिन्न जिल्लाहरुमा छायाँङ्कन गरीने निर्माण पक्षले जनाएको छ । चलचित्रमा द्वन्द्व रोजन रोकाको रहने भने शरद् समिपका गीतहरुलाई समेटिने छन् ।
गैह्र दलित र दलित यसैगरी दलित र दलित भित्रैका युवायुवतिहरुको प्रेम मार्फत साँकेतिक रुपमा दलित समुदायहरुले भोग्नु परेको पिडालाई पर्दामा उतारीने छ ।
US MEDIA NETWORK PRESENTS ‘BHUR BHUR PUTALI’ – TEASER RELEASED

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!