शरद रेग्मी  \चितवन ३० कार्तिक

लायन्स क्लबकाे डिष्ट्रीक 325 बि टुकाे दाेश्रो क्याबिनेट बैठक चितवनको नारायणि रिसाेर्टमा सुरु भएको छ । दुई दिन सम्म सञ्चालन हुने क्याबिनेट बैठकमा देशभरिका करिब पच्चीस सए सदस्यहरुकाे सहभागिता रहेको छ । डिष्ट्रीक 325 बि टुका गभर्नर अनुप पहाडीको अध्यक्षता एव लायन्स ईन्टरनेशनलका डाईरेक्टर सजय खेतानको प्रमुख आतित्थ्यतामा भएको क्याबिनेट बैठकमा नेपाली भरि लायन्स क्लबले सञ्चालन गरिरहेका साना तथा ठुला प्राेजेक्टहरुका बारेमा समेत छलफल र समीक्षा गरिएको छ ।

कार्यक्रममा विभिन्न दुर दराजमा स्थापना भएका क्लबहरुले समाजमा पुर्याएकाे याेगदान र सामाजिक कामहरुकाे बारेमा समेत मुल्यांकन र प्रशसा गरिएको थियोे ।

लायन्स क्लबले साेहि अबसरमा ३० हजार डलर बराबरको स्थानीय सहज सामुदायिक अस्पताललाई उपकरणहरु समेत हस्तान्तरण गरेकाे थियो ।

उदघाटन सत्रमा बाेल्दै प्रमुख अतिथि खेतानले लायन्सकाे ईतिहासमा चालिसबर्स पछि नेपालले आफ्नाे उपस्थिति अन्तर्राष्ट्रिय क्षेत्रमा जनाउन सफल भएको भन्दै याे सबै नेपालीहरुकाे लागि ठुलो अबसर भएको बताउनुभयो ।

उहाले आफु अन्तर्राष्ट्रिय क्षेत्रमा उपस्थित जनाउन सुरु गरेपछि नेपालमा धेरै कार्यक्रमहरु ल्याउन सफल भएको समेत बताउनुभयो । उहाले भन्नुभएयाे” काम गर्न भन्दा अगाडि सपना देख्नुपर्छ ,परिकल्पना गर्न सक्नुपर्छ अनि मात्रै सपना पूरा गर्न परिश्रम र निरन्तर सक्रियता चाहिन्छ ” ।

अनि मेराेपनि एउटा सपना छ एक दिन लायन्स क्लब अन्तर्राष्ट्रियकाे गभर्नर बन्ने र त्याे दिन सगरमाथामा फहराएको नेपालकाे झण्डा अमेरिका मार्फत बिश्वभर एकैसाथ फहराउने प्रमुख अतिथि खेतानले भन्नुभएयाे” । उहाले लायन्स क्लबहरुले समाजमा देखिनेगरि याेगदान पुर्याएकाे भन्दै देशभरका सामाजिक अभियान्ताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

कार्यक्रममा स्वास्थकाे क्षेत्रमा महत्त्वपूर्ण याेगदान पुर्याएकाे भन्दै पुर्व गभर्नर शेम साक्यलाई विशेष अवार्ड प्रदान गरिएको थियोे ।

कार्यक्रममा दर्जनौं नयाँ लायन्स तथा लियो क्लबहरुकाे उदघाटन गरिएको थियोे ।

बिश्वका दुई सयभन्दा बढि देशहरुमा फैलिएको लायन्स क्लबमा ससारभर करिव पन्ध्र लाख सदस्यहरु रहेका छन ।त्यसै गरि नेपालमा तिनवटा डिष्ट्रिकमा पैतिस हजार बढि लायन्स सदस्यहरु रहेका छन ।

कार्यक्रममा बाेल्ने बक्ताहरुले बिश्वकाे सबैभन्दा ठुलाे सामाजिक सस्थाकाे रुपमा फैलिएको लायन्स क्लबले नेपालमा भुकम्प ,बाढि पहिरो र अन्य बिपदका समयमा सबैभन्दा पहिला सहयोग गर्ने सस्थाकाे रुपमा छवि स्थापित गर्न सफल रहेकाे बताएका छन ।

उनिहरुले भाैगाेलिक बिकटता भएको हाम्रो देशमा दुरदराजमा पुगेर लायन्स क्लबहरुले अाखा शिबिर ,स्वास्थ,शिक्षा र असाहयकाे सेवामा लागिपरेको हुदा सामाजिक कामकाे जति प्रशसा गरेपनि कम हुने बताएका छन ।
कार्यक्रममा पुर्व गभर्नर डिके ढुङ्गाना,अन्तर्राष्ट्रिय काेर्डिनेटर खगेन्द्र सिटौला ,पुर्व गभर्नरहरु राजकुमार श्रेष्ठ लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियोे ।

कार्यक्रममा लायन्स क्लब अफ दाङले तुलसिपुरकाे गाईडरमा रहेकाे जग्गा ब्यबस्थापन र स्थानीय निकायकाे सहकार्यमा निर्माण गर्ने तयारीमा रहेको लायन्स अस्पतालको बारेमा समेत व्यापक छलफल गरिएको काे- चिफ एडभाईजर बिनाेद कुमार श्रेष्ठले केन्द्रले जानकारी दिनुभयो ।


लायन्स क्लब अफ दाङलाई दुईवटा अवार्ड 
यसैबीच चितवनको गैडाकाेटमा भएको क्याबिनेट बैठकमा लायन्स क्लब अफ दाङ लाई दुईवटा अवार्ड प्रदान गरिएको छ ।यस क्षेत्रमा सबैभन्दा धेरै कार्यक्रम सञ्चालन गरेर समाजिक क्षेत्रमा महत्त्वपूर्ण याेगदान पुर्याएकाे भन्दै क्लका अध्यक्ष यज्ञबहादुर केसीलाई सम्मान गरिएको थियोे ।

कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय डाईरेक्टर सञ्जय खेतानले क्लबका अध्यक्ष केसीलाई सम्मान गर्नुभएको थियोे ।साे अबसरमा उत्कृष्ट रिपोर्टिङ गरेबाफत अर्को अवार्ड प्रदान गरिएको थियोे ।

कार्यक्रममा एरिया नम्बर पाचले यस क्षेत्रमा महत्त्वपूर्ण र सबैभन्दा बढि कार्यक्रमहरु सञ्चालन गर्न सफल भएको भन्दै एरिया चिफ लब अधिकारीलाई सम्मान गरिएको थियोे ।

कार्यक्रममा देशभरिका स्थानीय क्लबहरुले समाजमा पुर्याएकाे याेगदानकाे कदर गर्दै विभिन्न अवार्डहरु प्रदान गरिएकाे थियोे ।

Comments

comments