प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूमिबाट छिमेकीहरूलाई आफ्ना सेना फिर्ता लैजान आग्रह गरेका छन्। आइतवार सत्तारूढ नेकपाको भातृसङ्गठन युवा सङ्घको राष्ट्रिय एकता भेलालाई सम्बोधन गर्दै ओलीले आफुहरुलाई छिमेकीको भुमी पनि नचाहिने र आफ्नो भुमी पनि मिच्न नदिने अभिब्यक्तीका साथ नेपालबाट आफ्ना सेना फिर्ता लैजान छिमेकीहरुलाई आग्रह गरेका हुन् ।

कालापानी क्षेत्रमा भारतिय अतिक्रमणले चर्को आलोचना भै रहेको समयमा प्रधानमन्त्रीले दिएको यस अभिब्यक्ती भारत लक्षित भए पनि उनले कुनै देशको पनि नाम लिएका छैनन् । यद्यपी उनले सार्वजनिक कार्यक्रममै दिएको यस अभिब्यक्तीले भारतलाई ईंकित गरेको प्रष्ट देखिन्छ । उनले भने ‘हामीलाई अरूको जमिन चाहिएन। हाम्रो जमिनबाट हाम्रा छिमेकीहरूले सेना फिर्ता लैजाऊन्। हाम्रो जमिनमा सेना नराख्नुहोस फिर्ता लानुहोस्, हाम्रो आग्रह छ, ।’

उनले भने ‘हामी हाम्रो भुमि रक्षा गर्न सक्षम छौं । यो सरकारले हाम्रो भूमिबाट विदेशी फौज फिर्ता गराउँछ र संवादको माध्यमबाट यो सीमासम्बन्धी समस्या समाधान गर्छ।’

ओलीले विश्व शान्तिका लागि नेपाली सेना पठाइने गरेको स्मरण गर्दै नेपाल शान्तिको पक्षमा रहेको र छिमेकीसँग तनाव नहोस् भन्ने चाहेको बताउनुका साथै सिमा विवादका लागि ऐक्यवद्धता जनाउने दल, सङ्घ संस्था सबै नेपालीलाई धन्यवाद दिएका छन् ।

 

Comments

comments