लामो समयदेखी अमेरिकामा रहेर सामाजिक कार्यमा सक्रिय छवि बनाएका शिकागो निवासी बाला घिमिरे पान एसियन ह्युमानिटेरियन अवार्डबाट सम्मानित भएका छन् । अमेरिकामा रहेका एशियाली समुदायविच आपासी सद्भाव र सामाजिक कार्यमा महत्वपूर्ण योगदान पुर्याएको कदरस्वरुप अमेरिकाको मध्यपश्चिम क्षेत्रको उत्कृष्ट आम पहुच टेलिभिजन कार्यक्रम एसियन क्रोनिकल युएसएले घिमिरेलाई पान एसियन ह्युमानिटेरियन अवार्डबाट सम्मान गरेको हो ।

अमेरिकाको मध्यपश्चिम क्षेत्रको उत्कृष्ट आम पहुच टेलिभिजन कार्यक्रम ‘एसियन क्रोनिकल युएसएले घिमिरेलाई अवार्ड प्रदान गरेको हो । अमेरिकी च्यानल१९ र ३५ मा प्रशारण हुँदै आएको एसियन क्रोनिकलको यो सम्मान समारोहमा समाजसेवी घिमिरेलाई थाइल्याण्डका महावणिज्यदूतको हातबाट अवार्ड प्रदान गरिएको हो ।

 बिभिन्न सामाजिक काममा महत्वपूर्ण योगदान पुर्याए वापत तत्कालिन अमेरिकी राष्टपति बाराक ओवामाको हस्ताक्षर रहेको राष्टिय स्तरको अवार्डबाट सन् २०१३ मा सम्मानित भएका थिए भने अमेरिकन एड्भाईजरी काउन्सिलको ‘कम्युनिटी सर्भिस अवार्ड’, एसियन कोर्निकल अमेरिकाबाट ‘एसियन एक्जाम्पलरी सर्भिस अर्वाड’ लगायतका महत्वपूर्ण अवार्डबाट सम्मानित ब्यक्ती हुन् ।

प्रवासी नेपाली मञ्चका पूर्व बरिष्ठ उपाध्यक्ष, एसोसियसन अफ नेपलिज मिडवेष्ट अमेरिकाको निर्वतमान अध्यक्ष, नेपलिज एसोसिएसन ईन साउथईष्ट अमेरिका लगायतमा बिभिन्न टाक्स फोर्समा रहेर काम गरेका घिमिरे बिभिन्न अमेरिकी सघ संस्थाका सल्लाकार पनि हुन् । अमेरिकाका तिन वटा संस्थाको संयुक्त सम्मेलन भब्य रुपमा सम्पन्न गरेर समुदायलाई एकजुट बनाउने पहल गरेका घिमीरे संबै संग मिलनसार मानिन्छन् ।

शिकागो शहरको मानव सम्बन्ध सम्बन्धी क्षेत्रमा लामो समय काम गरेमा घिमिरे सफल रेस्टुरेन्ट ब्यवसायिका रुपमा अमेरिकामा परिचित छन् ।

Comments

comments