US Khabar

काभा महिला भलिबलः उज्वेकिस्तानलाई हराउँदै काजकिस्तान समूह ‘बी’ विजेता

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

काभा महिला भलिबलः उज्वेकिस्तानलाई हराउँदै काजकिस्तान समूह ‘बी’ विजेता

काजकिस्तान नेपालमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको समूह ‘बी’ को खेलमा उज्वेकिस्तानलाई ३(१ को सेटमा पराजित गर्दै काजकिस्तान समूह विजेता बनेको हो । काजकिस्तानले लगातार तीन खेल जितेको हो । यता उज्वेकिस्तान भने उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको छ ।

काजकिस्तानले अब समूह ‘ए’ को उपविजेता तथा उज्वेकिस्तानले समूह विजेतासँग खेल्नेछ। समूह ‘ए’ को विजेता र उपविजेता भने आजै हुने नेपाल र भारतबीचको खेल टुंगो लगाउने छ । नेपाल र भारत दुवै अन्तिम चारमा प्रवेश गरिसकेका छन् ।

आजको खेलमा उज्वेकिस्तानले पहिलो सेट २६-२४ ले जितेपनि त्यसपछि लगातार तीन सेट भने काजकिस्तानले जितेको थियो । काजकिस्तानले दोस्रो सेट २५-१६, तेस्रो सेट २५-११ तथा चौँथो सेट २५-१८ ले जित्यो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!