US Khabar

कोरोना भाइरस बिरुद्धको खोप अमेरिकीलाई नि:शुल्क वितरण गर्नुपर्ने

- Admin | २ वर्ष पहिले प्रकाशित

कोरोना भाइरस बिरुद्धको खोप अमेरिकीलाई नि:शुल्क वितरण गर्नुपर्ने

अमेरिकी अधिकारीहरुले कोरोना भाइरसको खोप यदी प्रमाणित भयो भने, सबै अमेरिकीलाई निशुल्क वितरण गर्नुपर्ने बताएका छन् । कोरोना भाईरस बिरुद्ध खोपहरु निर्माण गरिरहेको अमेरिकाका स्वास्थ्य अधिकारीले सोे कुरा बताएका हुन् ।

२०२१ के जनवरीसम्ममा दशौँ लाख खोपको डोज वितरण गर्ने लक्ष्य राखेको अमेरिकाले खोप निर्माणका लागि १० बिलियन डलर भन्दा धेरै लगानी गरिसकेका छन् सम्झौता अनुसार खोपको डोज सरकारले नै तिर्नेछ ।

कोभिड-१९ विरुद्धको भ्याक्सिन बनाईरहेको अमेरिकन कम्पनीहरुले तेश्रो चरणको परीक्षण गरिसकेका छन् । जर्मन बायोटेक कम्पनी बायोएनटेकसँग मिलेर भ्याक्सिन बनाइरहेको फाइजरले १८ बर्षदेखि ८५ बर्षभित्रका उमेर समुहका ३० हजार मानिसहरुमा परिक्षण सुरु घोषणा गरेको थियो ।

अमेरिकन बायोटेक कम्पनी मोडेर्नाले पनि कोरोनाबिरुद्धको तेश्रो चरणको भ्याक्सिन ३० हजारमा परीक्षण सुरु गरेको बताए लगत्तै जर्मन बायोटेक कम्पनी बायोएनटेकसँग मिलेर भ्याक्सिन बनाइरहेको अमेरिकन कम्पनी फाइजरले पनि तेश्रो चरणको परीक्षण ३० हजारमा सुरु गरेको जनाएको थियो ।

अमेरिकाका मात्र ३९ राज्यहरुमा परीक्षण गरिने बताएको फाइजरले विश्वभरका १२० साइटहरुमा परीक्षण गर्ने जनाएको छ । साथै यो चरणको परीक्षण सफल भएमा आगामी अक्टोबरमा भ्याक्सिनको अन्तिम पुनरावलोकन गरिने समेत घोषणा गरेको छ ।

सन् २०२० भित्रै १ सय मिलियन डोज आपूर्ति गर्ने घोषणा गरेको फाइजरले सन् २०२१ भित्र १३ सय मिलियन डोज उत्पादन गर्ने फाइजरको लक्ष्य राखेको छ ।

कोरोना भाइरसबिरुद्ध प्रतिरोधक क्षमता विकाशका लागि प्रयोगमा ल्याईएको एमआरएनए मोलिक्युलसको प्रयोग गरि भ्याक्सिन निर्माण गरेको फाइजरको यस परिक्षणका लागि अमेरिकाले गतसाता मात्र १ दशमलव ९५ बिलियन डलर प्रदान गर्ने घोषणा गरेको थियो भने १ सय मिलियन डोज भ्याक्सिन बुक गरेको थियो ।

यस अघि अमेरिकन बायोटेक कम्पनी मोडेर्नाले पनि कोरोना विरुद्धको भ्याक्सिन परिक्षण गरिसकेको छ । दुई चरणको सफल परिक्षण पछि मोडेर्नाले तेश्रो चरणको भ्याक्सिन अन्तरगत ३० हजार बिरामीमा परीक्षण सुरु गरेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!