नेपाल बाट ३५ बर्ष पहिले चोरी भएको लक्ष्मी नारायणको मुर्ती अमेरिकाको टेक्ससमा फेला परेको छ । टेक्सस स्थित डालसको म्युजियम अफ आर्टले हालसालै गरेको प्रदर्शनीमा नेपालबाट हराएको मुर्ती राखेपछि यो बिषय बाहिर आएको हो ।

नेपालबाट चोरी भएको यो मुर्ती ३५ बर्षअघि काठमाडौंको दरवार स्क्वायर नजिकैको पाटको टोलको प्रसिद्ध मुर्तीका रुपमा रहेको थियो । १५ औं शताब्दीर्को ३४ ईन्च उचाईको यो मुर्तीका बारेमा न्यूयोर्कको सिटी युनिभर्सिटीका कला अपराधका प्राध्यापक एरिन एल थम्पसनले पनि आफ्नो ट्विटरमा ट्विट गरेका छन् ।

यो मुर्ती त्यो प्रसिद्ध मुर्ती हो जसको बारेमा साहित्यकार लैनसिंह वाङदेलको पुस्तक स्टोलेन ईमेजेज अफ नेपालको पृष्ठ २८८ मा उल्लेख गरिएको छ । सन् १९८४ मा चोरी भएको यो मुर्तीका बारेमा पुस्तकमा उल्लेख गरिए अनुसार यो मुर्ती पुरातात्वीक महत्व बोकेको बहुमुल्य मुर्ती हो ।

यो मुर्ती नेपाली हो भन्ने कुरा पत्ता लागिसकेकाले पुरातत्व विभागका वर्तमान महानिर्देशक दामादोर गौतमले मुर्ती नेपाल फिर्ताको पहल गरिरहेको बताएको काठमाडौँ पोस्टले समाचार लेखेको छ ।

Comments

comments