संसद सचिवालय कर्मचारी रोषनी शाहीमाथी बलत्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्ण बहादुर महराले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा दर्ता गराएको निवेदन शुक्रबार इजलास समक्ष पेस हुने भएको छ । महराले थुनामा पठाउन गरिएको जिल्ला अदालतको आदेश गैरकानूनी भएकाले साधारण तारेखमा रही पुर्पक्ष गरिपाऊँ भन्ने आग्रह सहितको दर्ता गरिएको निवेदन आज इजलास समक्ष पेस गरिने भएको हो ।

जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको आदेशविरुद्ध महरा उच्च अदालत पुगेका थिए । निवेदनमा यो घटनाका सम्बन्धमा अनुसन्धान हुने गरी थुना बाहिरै रहन पाउने माग महराको छ ।

गत कार्तिक १८ मा जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले जबर्जस्ती करणी उद्योगमा अभियोग लागेका महरालाई थुनामा राखी अनुसन्धानअघि बढाउन आदेश जारी गरेको थियो ।

संसद् सचिवालयका कर्मचारी रोषनी शाहीमाथी बलात्कारको प्रयास गरेको अभियोगमा गत असोज १९ गते काठमाडौं जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

 

Comments

comments