फ्राइडे रिलिजः ‘च च हुई’ सहित २ विदेशी चलचित्र सिनेमा घरमा

5

काठमाडौं : फ्राइडे रिलिज अन्तरगत आज (शुक्रबार)बाट हलमा नेपाली कथानक चलचित्र ‘च च हुई’ रिलिज भएको छ । चकलेटी हिरो आर्यन सिग्देल र अभिनेत्री मिरुना मगरको मुख्य अभिनय रहेको चलचित्र ‘च च हुई’ आजबाट दर्शकमाझ आएको हो । साम्तेन भुटियाको निर्देशन रहेको चलचित्रमा दुई बेरोजगार युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढावलाई हास्यात्मक शैलीमा समेटेटिएको छ । आर्यन र मिरुनाको अलावा चलचित्रमा भोला सापकोटाको पनि मुख्य भूमिका रहेको छ । ‘च च हुई’सँगै आजै कमेडी जानरामा बनेको चलचित्र ‘पागलपन्ती’ र दुई हलिउड चलचित्र रिलिज भएका छन् ।

जसमध्ये स्र्पोट ड्रामा चलचित्र ‘फोर्ड भर्सेस फरारी’ रिलिज भएको छ । जेम्स म्यानगोल्डको निर्देशनमा बनेको ‘फोर्ड भर्सेस फरारी’मा क्रिश्चियन बेल र म्याट ड्यामोन मुख्य भूमिकामा छन् । डिजनी एनिमेटेड चलचित्र ‘फ्रोजन–२’ रिलिज भएको छ ।

Comments

comments