अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइनेविरुद्ध छानविन गर्न युक्रेनलाई दवाव दिएको तथ्य फेला परेको छ । राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोगसम्बन्धी जाँचबुझ गर्न भइरहेको सार्वजनिक सुनुवाइमा ह्वाइट हाउसका सहयोगी र उच्च कुटनीतिज्ञले राष्ट्रपति ट्रम्पकै निर्देशनमा डेमोक्र्याट नेता जो बाइडनविरुद्ध अनुसन्धान गर्न युक्रेनलाई दवाव दिइएको बयान दिएका छन् ।

युरोपेली संघ ईयूका लागि अमेरिकी राजदूत गोर्डन सन्डलन्डले छानविनको आदेश राष्ट्रपति ट्रपका निजी कानुनी सल्लाहकार रुडी जुलिआनीले दिएको दावी गरे ।

जाँचबुझसम्बन्धी सुनुवाइले राष्ट्रपति ट्रम्पले राजनीतिक लाभका लागि आगामी राष्ट्रपतीय निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी जो वाइडेनविरुद्ध छानविन गर्न युक्रेनलाई दवाव दिएको कुरा पुष्टि गर्न चाहेको छ ।

राष्ट्रपति ट्रम्पले जो वाइडेनविरुद्ध छानविनको दवाव दिन युक्रेनलाई दिइने सैन्य सहायतासमेत रोकेको आरोप लगाइएको छ ।

अमेरिकामा निर्वाचनका लागि विदेशी सहायता र लाभ लिनु गैरकानूनी मानिन्छ ।

वाइडेन सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका संभावित उम्मेद्वार हुन् । (एजेन्सी)

 

Comments

comments