पछिल्लो समय नेपाली जनताबाट अत्याधिक आलोचित विषय बनेको नेपाली भुमिमाथीको भारतिय अतिक्रमण रोक्न सरकारले सीमा निरीक्षण समितिमार्फत् नेपाल-भारत र नेपाल-चीन सीमा विवाद हल गर्ने तयारी गरेको छ। बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सीमा विवाद निरीक्षण समिति गठन गर्ने निर्णय भएको बताएका हुन् ।

भारतले केही दिन अघि सार्वजनिक गरेको आफ्नो नयाँ नक्सामा नेपाली भुमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरिएकोप्रति आपत्ती जनाएका देश विदेशका नेपालीहरुको सरकारप्रतिको ब्यापक आलोचना पछि सरकारका तर्फवाट पवक्ता वास्कोटाले सीमा विवाद निरीक्षण समिति गठन गर्ने निर्णय भएको बताएका छन् । उनले एक इन्च जमिन पनि अतिक्रमण हुन नदिने बताउँदै मातृभुमी रक्षाका निम्ती सम्पुर्ण नेपाली र सरकार एकजुट हुनुपर्ने बताएका छन् ।

सन् १९५० जुलाई ३१ का दिन नेपाल भारत शान्ति तथा मैत्री सन्धि भएर धारा ८ ले सुगौली सन्धि रद्ध गरेको भएपनि भारतले आफ्नो अधिनस्त भुमिको २ तिहाई नेपाली भुमि आजसम्म फिर्ता गरेको छैन । यद्यपी नेपाल सरकारले यसका लागि पहल गरेको देखिदैंन उल्टै नेपाली सिमानामाथी भारतिय अतिक्रमण बढ्दो देखिन्छ ।

 

Comments

comments