काठमाडौँ : बुद्ध दृष्टि फिल्मस् प्रा.लि को प्रस्तुति हाँस्यकलाकार गोपाल ढकाल ‘छन्दे’ र उद्धव प्रसाद भट्टराईको लेखन तथा निर्देशन रहेको हाँस्यब्यङ्ग तथा सामाजिक टेलिचलचित्र ‘टेन्सन साफ’ को युट्युव च्यानल ‘सुलसुले टि.भी’ मार्फत प्रोमो रिलिज भएको छ । सिरियल अब केही दिनमै प्रशारण गरीने छ । मकवानपुरको वस्तीपुर र काठमाण्डौ आसपासमा खिचिएको उक्त टेलिसिरियलको भाग ८ तयार भइसकेको छ, भने लगत्तै धरानमा सुटिङ् गरिने छ । गाउँसहर जहाँपनि भ्रष्टाचार, ठगी, कुरिती र विसंगतीलाई चिरफार गर्दै समाजलाई सकारात्मक दिशामा उन्मुख गराउनु पर्छ भन्ने उद्देश्यले ‘टेन्सन साफ’ नामाकरण गरिएको हो ।

कलाकारहरुमा श्याम राई, उद्धव प्रसाद भट्टराई, गोपाल ढकाल ‘छन्दे’, रोहित कार्की, गीता नेपाल, प्रमिला राई, हर्कमान वाइवा, कृष्ण भीर, उमिशा पाण्डे, रविन भुषाल, आशिका अधिकारी आदिको अभिनय रहेको छ ।

यस टेलिचलचित्रको गीतमा कृष्ण भट्टराई, उद्धव प्रसाद भट्टराई, गोपाल ढकाल ‘छन्दे’ र गीता नेपालको स्वर रहेको छ । उक्त गीतमा वैकुण्ठ अधिकारीले संगीत भरेका छन् भने पाश्र्व संगीत तर्फ धनु ग्याङ्गमी रहेका छन् । गीतमा सम्पादन गोपाल ढकाल ‘छन्दे’ कै रहेको छ, भने श्रृँगार अनु अधिकारी, उमेश पाण्डे, (उमिशा)को रहेको छ ।प्रोमो,को पोस्टर भि.एफ.एक्स दिन्सन शाहले गरेका छन्, भने पोस्ट प्रोडक्सन एभरग्रीन वल्र्डवाईड ईन्टरटेन्मेन्टको रहेको छ ।

Comments

comments