आफ्नै साथीकी बहिनीलाई बलात्कारको आरोप लागेका अखिलका नेता इन्द्रहाङ राईलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बिहीबार राईलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएपछि राईलाई केन्द्रीय कारागार सुन्धारामा राखिएको हो ।

रत्नराज्य लक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका सहसचिव तथा अनेरास्ववियुका केन्द्रीय सदस्य रहेका राईलाई गत कार्तिक ११ गते सोमबार आफ्नै साथीकी बहिनी १८ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले  असोज १२ गते नियन्त्रणमा लिएको थियो।

 राईले  साथीको वहिनीलाई  गोकर्णेश्वर नगरपालिका वडा नम्वर ६  माकलवारीस्थित आफ्नो दाई पर्नेको कोठामा बोलाएर जवर्जस्ती करणी गरेको पिडित युवतीले उजुरी गरेपछि आरोपितलाई नियन्त्रण गरिएको थियो।

माकलवारीको दिल बहादुर तामाङ र डोल्मा तामाङको घरको साँचो समेत लिएका राईले साथीको वहिनीलाई बोलाएर कार्तिक ११ गते सोमबार अपरान्ह जवर्जस्ती करणी गरेका हुन्।

 

Comments

comments