US Khabar

कुखुराको मासुमा पनि भेटियो कोरोना

- Admin | ३ वर्ष पहिले प्रकाशित

कुखुराको मासुमा पनि भेटियो कोरोना

कोरोना भाईरसको महामारीले विश्व आतंकित बनिरहेका समय कुखुराको मासुमा समेत कोरोना भाइरस भेटिएको छ । ब्राजिलबाट चीनमा आयात गरिएको कुखुराको मासुको नमुना परिक्षण गर्दा कोरोना भेटिएको हो ।

चीनको शेन्जेनका लागि आयातित कुखुराको पंखेटामा कोरोना भाईरस भेटिएसंगै विश्वभरका मानिसमा अर्को त्रास थपिएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार कुखुराको पंखेटा भण्डारण गरेर राखेको स्थानलाई डिस्इन्फेक्सन तथा बेचिसकेकाको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ ।

सीएनएनका अनुसार शेन्जेन प्रान्तको लंगाङ जिल्लामा बुधबार लिइएको सो नमुनामा मासुमा कोरोना भाईरस भेटिएपछि कुखुराको मासु आयातमा संलग्न सबैको स्वास्थ्य परीक्षण गरिएको थियो । परिक्षणमा भने कसैलाई पनि संक्रमण भेटिएको छैन ।

यो खबर सार्वजनिक भएपछि नेपालमा पनि कुखुराको मासु खाने नखाने अन्यौल थपिएको छ । उसैपनि किलोमा १ सय रुपयां घटिसकेको कुखुराको मासु ब्यापारी र प्रयोगकर्तालाई यस समाचार एक प्रकारको संन्त्रास थपेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!