संक्रमण दर उच्च रहेको छिमेकी मुलुक भारतमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै ६५ हजार छ सय नौ जना नयाँ बिरामी थपिएसँगै संक्रमितको संख्या २५ लाख १५ हजार दुई सय २२ पुगेको हो ।
भारत विश्वमा कोरोनाबाट प्रभावित हुनेमध्ये तेस्रो नम्बरमा छ । कोरोनाका कारण भारतमा ४९ हजार १ सय ३४ जनाको मृत्यु भइसकेको छ ।
१८ लाख सात हजार पाँच सय ५६ जना उपचारपछि घर फर्किएका छन् । छ लाख ६८ हजार पाँच सय ३२ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।
विश्वमा सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा हालसम्म ५४ लाख ७५ हजार पाँच सय ७० जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या विश्वकै चार भागको एक भाग हो । अमेरिकामा एकै दिन ५९ हजार नौ सय चार जनामा संक्रमण पुष्टि भयो ।
एक लाख ७१ हजार चार सय ९६ जनाले ज्यान गुमाइसकेका छन् । २८ लाख ६८ हजार दुई सय ७१ जनाले उपचारपछि कोरोना जितेका छन् । २४ लाख ३५ हजार आठ सय तीन जना उपचाररत रहेकोमा १७ हजार दुई सय १६ जनाको अवस्था गम्भीर छ ।
प्रभावित हुने विश्वका मुलुकमध्ये दोस्रो नम्बरमा रहेको ब्राजिलमा हालसम्म ३२ लाख ७८ हजार आठ सय ९५ जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यहाँ एकै दिन ४९ हजार दुई सय ७४ जना नयाँ बिरामी थपिए ।
कोरोनाका कारण एक लाख छ हजार पाँच सय ७१ जनाको मृत्यु भइसकेको छ । एक हजार सात जनाले एकै दिन ज्यान गुमाए ।
२३ लाख ८४ हजार तीन सय दुई जनाले कोरोना पराजित गरेका छन् । सात लाख ८८ हजार २२ जना उपचाररत छन् ।
विश्वमा संक्रमितको संख्या दुई करोड १३ लाख ३५ हजार एक सय ५२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै दुई लाख ७५ हजार आठ सय ७५ नयाँ संक्रमित थपिएका छन् ।
सात लाख ६२ हजार चार सय दुई जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । एकै दिन पाँच हजार छ सय ८३ जनाको मृत्यु भइसकेको छ ।
हालसम्म एक करोड ४१ लाख २५ हजार तीन सय २८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ६४ लाख ४७ हजार चार सय २२ जना उपचाररत रहेकोमा ६४ हजार पाँच सय ५२ जनाको अवस्था गम्भीर छ ।
प्रतिक्रिया