US Khabar

सातदोबाटोमाथि फ्रेन्ड्सको सानदार जित

- USKHABAR | १ हप्ता पहिले प्रकाशित

सातदोबाटोमाथि फ्रेन्ड्सको सानदार जित

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा रेलिगेसन क्षेत्रको फ्रेन्ड्स क्लबसँग सातदोबाटो युथ क्लबले लज्जास्पद हार ब्यहोरेको छ ।

बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा रेलिगेसन क्षेत्रको फ्रेन्ड्स क्लबले सातदोबाटो युथ क्लबमाथि ४-० गोलअन्तर सानदार जित निकालेको हो ।

सातदोबाटोमाथि जित निकालेको फ्रेन्ड्स क्लब २१ खेलबाट २४ अंक जोडेर रेलिगेसन क्षेत्रबाट माथि लिगको १२औँ स्थानमा उक्लिएको छ । हारसँगै सातदोबाटोलाई भने उपाधि होडमा धक्का लागेको छ । सातदोबाटो युथ क्लब २१ खेलबाट २९ अंक जोडेको लिगको पाँचौँ स्थानमा झरेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!