US Khabar

जापानमा दुई प्रहरीसहित चार जनाको हत्या, एक जना पक्राउ

- USKHABAR | १ हप्ता पहिले प्रकाशित

जापानमा दुई प्रहरीसहित चार जनाको हत्या, एक जना पक्राउ

मध्य जापानमा छुरा प्रहार र गोली हानाहानमा चार जनाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । आक्रमणकारीले नागानो प्रान्तको नाकानो शहरमा दुई प्रहरीको हत्या गर्न गोली चलाउनुअघि एक महिलालाई छुरा प्रहार गरेका थिए ।

घटनामा चौथो व्यक्तिको मृत्यु ढिलोगरी पुष्टि भएको बीबीसीले जनाएको छ । पक्राउ परेका व्यक्ति नगरसभाका सभामुखका छोरा भएको समाचारमा जनाइएको छ ।

गतवर्ष जुलाईमा पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भए पनि जापानमा बन्दुक हिंसा अत्यन्तै दुर्लभ मानिन्छ ।आक्रमणकारीको उद्देश्य प्रस्ट भएको छैन । जापानमा बन्दुक किन्नको लागि मानिसहरूले कडा परीक्षा र मानसिक स्वास्थ्य परीक्षण गर्नुपर्छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!