US Khabar

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु – मृतकको संख्या १०२ पुग्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु – मृतकको संख्या १०२ पुग्यो

नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएसंगै संक्रमणका कारण मृत्यु हुनेको संख्या १०२ पुगेको हो ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमद्वारा दिईएको जानकारी अनुसार मृत्यु हुनेमा कपिलवस्तुका ४२ वर्षीय पुरुष, वीरगन्ज महानगरपालिका–१२ का ६० वर्षीय पुरुष र धनुषाको जनकनन्दनी गाउँपालिका–४ का ५० वर्षीय पुरुष रहेका छन् ।

मन्त्रालयले आज थप ३ जनाको मृत्यु भएको आधिकारिक पुष्टी गरेपनि एक जनाको मृत्यु हिजै भईसकेको थियो । जस अनुसार शुक्रबार मृतकको विवरणमा ९९ भनिएको भएपनि प्राप्त सुचनाका आधारमा केही समाचार माध्यमले मृतकको संख्या १ सय उल्लेख गरेका थिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!