US Khabar

अपहरण तथा शरीर बन्धक कसुरमा गाउँपालिकाका अध्यक्ष पक्राउ

- Admin | ३ वर्ष पहिले प्रकाशित

अपहरण तथा शरीर बन्धक कसुरमा गाउँपालिकाका अध्यक्ष पक्राउ

अपहरण तथा शरीर बन्धक आरोप लागेका रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् । प्रहरी निरीक्षक टेकेन्द्र पौडेलका अनुसार शुक्रबार जिल्ला प्रहरी कार्यालयले उनलाई अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा पक्राउ गरेको हो ।

रामेछापको सदरमुकाम मन्थलीबाट पक्राउ परेका अध्यक्ष खड्काले दर्पण घिसिङ भन्ने व्यक्तिलाई अपहरण तथा बन्धक बनाएको आरोप लागेको छ ।

आरोपित गाउँपालिकाका अध्यक्ष खड्कामाथी थप अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!