सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी लामाटोलमा पहिरोमा पुरिएका १९ जनाको शव फेला परेको छ । अविरल बर्षापछि आएको पहिरोका कारण गत शुक्रबार पुरिएकाहरु मध्य हिजो र आज गरि १९ जनाको शव फेला पारिएको हो ।
३ दिन अघी सो पहिरोमा पुरिएका मध्य ५ जना बालक सहित ११ जनाको शव भेटिएको थियो र बाँकी २७ जना पुरिएर बेपत्ता रहेकाले उनिहरुको खोजि भै रहेको थियो ।
पहिरोका कारण २७ घर पुरिएको लिदी घटनामा नेपाली सेना, प्रहरी र स्थानीयले पुरिएकाहरूको खोजी गरिरहेका छन् ।
पहिरोका कारण ठुलो धन जनको क्षती भएको यस ठाउँमा यसैबीच, गृहमन्त्री रामबहादुर थापा शुक्रबार अपराह्न राहत सामग्री सहित घटनास्थल पुगी घटनाका बारेमा जानकारी लिएका थिए भने उनले पिडितलाई थप राहतका निम्ती पहल गर्ने समेत बताएका थिए । अव भने यस पहिरोमा परी ज्यान गुमाएकाका परिवारले १ लाख रुपैयाँ राहत पाउने भएका छन् ।
विपद् व्यवस्थापन समितिको बैठकले ज्यान गुमाएकाको परिवारलाई १ लाख रुपैयाँको दरले राहत रकम दिने र दुवै जना अभिभावक गुमाएका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गरिदिने निर्णय गरेको छ ।
प्रतिक्रिया