कोरोना संक्रमतिको संख्य बढ्दै गएपछि आज रातीबाट धनुषामा निषेधाज्ञा घोषणा गरिएको छ । धनुषा जिल्लाभर आज राति १२ बजेदेखि लागु हुनेगरि भदौ ७ गते सम्म निषेधाज्ञा जारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार संक्रमितको संख्या बढ्दै गएपछि जिल्लाबासीको स्वास्थ्य सुरक्षाका लागि पुरै जिल्लाभर निषेधाज्ञा जारी गर्नु परेको हो । यस अघि जनकपुरधाम र क्षिरेश्वरनाथ नगरपालिकाको केही भागमा मात्र निषेधाज्ञा जारी गरिएको थियो ।
अहिलेसम्म १ हजार ५४ जनामा कोरोना संक्रमण पुष्टि र भने ८ जनाको मृत्यु भएको धनुषामा निषेधाज्ञा अवधीभर सबै प्रकारका पसलहरु बिहान १० बजेसम्म मात्र खोल्न दिइनेछ ।
प्रतिक्रिया