US Khabar
  • कोरोनाका कारण इंग्लीश फुटबल क्लब लिभरपूलद्धारा गैर खेलाडी कर्मचारी कटौती

    - Admin | २ महिना पहिले प्रकाशित

    कोरोनाका कारण इंग्लीश फुटबल क्लब लिभरपूलद्धारा गैर खेलाडी कर्मचारी कटौती

    इंग्लीश फुटबल क्लब लिभरपूलले खेलाडीबाहेकका कर्मचारी अस्थायीरुपले कटौती गरेको छ । कोरोना भाइरसका कारण फुटबल गतिविधी बन्द रहेको अवस्थामा लिभरपुलले आफ्नो क्लवका गैर खेलाडी कर्मचारीलाई केहि समयका लागि बिदा दिएको हो ।

    बिदामा रहेपनि उनीहरुको तलव दिने क्लवले जनाएको छ । उनीहरुको ८० प्रतिशत तलब सरकारी राहत प्याकेजमार्फत हुनेछ भने अपुग २० प्रतिशत क्लबले बेहोर्नेछ ।

    कोरोना भाइरसको प्रभाव पुर्ण रुपमा नियन्त्रणमा नआएसम्मका लागि फुटबल सुचारु गर्न कठिन देखिएपछि इंग्लीश प्रिमियर क्लबहरुले भटाभट कर्मचारी तथा खर्च कटौती गर्न थालेका छन् ।

    यसअघि न्यूक्यासल युनाईटेड, टोटनह्याम हट्सपर, बर्नमाउथ र नरीच सिटीले पनि गैरखेलाडी कर्मचारीलाई बिदा दिएका थिए । (एजेन्सी)

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">