वरिष्ठ पत्रकार तथा साहित्यकार विनय कसजूको योगदानको स्मरण गर्दै अमेरिकाको बाल्टिमोरमा श्रद्धाञ्जली सभाको आयोजना गरिने भएको छ । नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल (ईन्जा)को आयोजनामा पत्रकार कसजूको १३ औं पुण्य तिथिको अवसर पारेर यहि डिसेम्बर ८ आइतबारका दिन बाल्टिमोरको प्रसिद्ध नेपाल हाउस चमेना गृहमा श्रद्धाञ्जली सभा आयोजना हुने भएको हो ।

डायस्पोरा नेपाल, ईनेप्लिज ,डिसी नेपाल, ब्रेक एण्ड लिंक ,ईनास मेरिल्याण्ड, सगरमाथा टिभी तथा लगायत अन्य पत्रपत्रिका सह-आयोजक रहेको यस श्रद्धाञ्जली सभा डिसेम्बर ८ आईतबारका दिन Nepal House, 920 N Charles St, Baltimore, MD 21201 मा दिउँसो १:३० बजेबाट सुरु हुनेछ ।

बि. सं. २००४ साल साउन ३ गते पाल्पाको तानसेनमा जन्मेका पत्रकार कसजूको मंसीर १० गते दिउँसो नख्खुस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो । निमोनियाका कारण गत कात्तिक १९ गते स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको आईसीयूमा भर्ना भएका कसजूको को मंसीर १० गते दिउँसो ३ बजे निधन भएको हो ।

पत्रकारिता र साहित्य दुवै विधामा सक्रिय उनि नेपाली पत्रकारिता, अनुसन्धान र भाषा साहित्यमा विशिष्ट योगदान पुर्याएका ब्यक्ती हुन् । जसले साहित्यतिर छोटा कथा र बाल रचनामा विशेष रुपमा कलम चलाएका थिए ।

सूचना आयोगका संस्थापक प्रमुख आयुक्त कसजूले राष्ट्रिय समाचार समितिको बोर्डको सदस्य, मानव अधिकार आयोग र इन्सेकको सल्लाहकार, सूचना आयोगका संस्थापक प्रमुख आयुक्त लगायका पदमा रहेर काम गरेका थिए ।

गाउँले जनजीवनलाई उपयोगी हुने गरी देउराली गाउँले भित्ते पत्रिकाको सुरुवात गरेका पत्रकार कसजूको योगदान ग्रामिण पत्रकारिताको विकासमा पनि सक्रिय रहेको थियो ।

 

Comments

comments