अमेरिकाको टेक्ससमा राखिएको एक दिने निशुल्क हेल्थ क्याम्प शिविर सम्पन्न भएको छ । टेक्ससको एनसीएससी र एनएसटी हल अर्भिङमा राखिएको हेल्थ क्याम्प बिभिन्न रोगहरु र स्वास्थ्य परिक्षण गरि सफलता पूर्वक सम्पन्न भएको हो ।

नेपाली समाज टेक्सास र टेक्सास नेपाली मेडिकल एशोसियशनको आयोजनामा सम्पन्न यस हेल्थ क्याम्पमा हेमोग्लोविन, रक्तचाप, सुगर, दन्द परिक्षण, लिभर लगायतका महत्वपूर्ण स्वास्थ्य परिक्षण गरिएको थियो । आईतबार बिहान १० बजेबाट सुरु भएको हेल्थ क्याम्प दिउँसो १ बजे सम्म संचालन गरिएको थियो ।

स्वास्थ्य परिक्षणको प्रकृती हेरी निशुल्क र सशुल्क सेवा प्रदान गरिएको यस हेल्थ क्याम्पमा कोलेस्टोर परिक्षण, लिभरको अवस्था, सिविसी परिक्षणका लागि २० डलर शुल्क राखिएको थियो भने यस देखी बाहेकका स्वास्थ्य परिक्षण निशुल्क गरिएको थियो ।

३ घण्टा संचालनमा आएको यस हेल्थ क्याम्पमा ७० जनाले आफ्नो स्वास्थ्य परिक्षण गराएका थिए ।

Comments

comments