आमा भद्रा आचार्य र बुवा तेजबहादुर आचार्यका सन्तानका रुपमा दाङ जिल्लाको हेकुली गाबिस वार्ड नम्बर २ एकलीमा जन्मेका संगीतकार गोविन्द मधुर आचार्य पछिल्लो समयका ब्यस्त संगीतकार मध्य एक हुन् ।

एकान्तप्रेमी स्वभावका संगीतकार गोवन्द मधुर बाल्यकालबाट नै संगीतमा गहिरो रुचि भएका ब्यक्ती थिए। उनको अन्तरमुखी स्वभावका कारण उनि भिडभाडबाट एक्लै हुँदा आफुले सुनेका गीतहरु गाउने गर्थे रे । पछि स्कुले जीवन सुरु भएपछि उनि बिद्यालय र साथीहरुमाझ पनि राम्रो गीत गाउने बिद्यार्थीका रुपमा चिनिए । सबैको हौसला मिल्दै गएपछि उनिभित्र अझ धेरै संगीतप्रतिको झुकाव बढ्दै गयो ।

श्री पृथ्बी शिद्धि जनता माध्यामिक बिद्यालय श्री गाउँ दाङबाट एसएलसी पास गरेका गोविन्द मधुर एसएलसी सकेर संगीतकर्मी बन्ने रहरले काठमाडौं भित्रिएका थिए । गोजीमा ३ सय रुपयाँ बोकेर काठमाडौं आएको किशोरबयका ति दिनहरु उनि अझै सम्झन्छन् । उनिभित्रको संगीत मोहले राजधानी तानेपनि नयाँ ठाउँ, नौलो परिबेष, अल्लारे उमेर, काठमाडौंमा आफन्त कोही नभएको समय उनलाई बिरानो लाग्थ्यो काठमाडौं र पनि उनिभित्रको संगीत मर्मले उनिभित्र धैर्यता थप्दैगयो र उनि संगीत साधनाको गोरोटेमा बिस्तारै पाईला चाल्न थाले । उनलाई लाग्छ कहाँ र कुन क्षेत्रमा छैन र संघर्ष ? यहि सोचले उनि आज नेपाली संगीत बजारमा चर्चित बन्न सफल छन् ।

बि.सं. २०५९ सालमा लोकराज अधिकारीको शब्दलाई आफ्नै स्वर र संगीतमा रेकर्ड गराएर औपचारिक संगीत यात्रा तय गरेका हुन् गोविन्द मधुरले । ‘कान्छिको रुमाल खस्यो पानीमा ‘बोलको गीत रेकर्ड गराएर संगीतको बिसाल सागरमा पाईला राखेका उनले यो क्षेत्रमा १७ बर्ष बिताएका छन् ।

आँखाहरु तिम्रै यादमा, चोली फाट्यो कि मेरी प्रियाको, घरदेशी मेरी माया, तिम्रो भईन भने, आफैं गएउ लगायतका गीतहरुबाट लोकप्रिय बन्दै आएका गोविन्द मधुर आचार्य आफैं राम्रा गीत लेख्न सक्ने संगीत गर्न सक्ने र गायन क्षमता समेत राम्रो भएका संगीतकर्मी हुन् । संगीतका ३ वटै बिधामा सक्रिय उनि मुलत संगीतकर्मीका रुपमा बढि परिचित छन् भने उनको आवाजमा पनि दर्जनौं गीतहरु रेकर्ड भै रहेका छन् ।

कमाईका हिसावले संगीतकारको जीवन कत्तीको सहज छ  ? भन्ने हाम्रो प्रश्नमा उनि भन्छन् ‘गीतकारको भन्दा त अल्लि राम्रै छ तर नेपालमा गाह्रो छ गीत राम्रो चलेको खण्डमा गायक गयिकाको भविश्य राम्रै भएपनि संगीतकार र गीतकारको अवस्था जति सहज हुनुपर्ने हो त्यती देखिँदैन ।’

आफ्नो नाममा नै मधुर उपनाम जोडेर जीवन नै संगीतमा समर्पित गर्ने उदेश्यले हिँडिरहेका युवा हुन् गोविन्द मधुर आचार्य । संगीत कर्ममा नलागेको भए म पनि आज कुनै बिदेशी भुमिमा भाँडा माजिरहेको या श्रम बेचिरहेको हुन्थें होला या त कुनै नेताको पछि लागेर हिँड्दै गरेको हुन्थें होला जस्तो लाग्छ उनलाई देशको अवस्था हेर्दा ।

मर्छु बरु छटपटीमा, परदेशी हुदा आमाको आशु, तिम्रो भैन भने  लगायतका कर्णप्रिय गीतहरुमा सांगीतिक मधुरता भरेका गोविन्द मधुर आचार्यका मनपर्ने गायक नारायण गोपाल हुन् भने गायिका अरुणा लामा हुन् ।

बिभिन्न अवार्ड र सम्मानबाट सम्मानित यि संगीतकर्मी आफुलाई संगीतको दुनियाबाट अलग राखेर कल्पना पनि गर्न नसक्ने बताउँछन् । उनि भन्छन् ‘सबैको आ-आफ्नो बुझाइ हो मेरो त सबै थोक हो संगीत, जो बिना त म कुनै पलको कल्पना गर्नपनी सक्दिन।’

अन्त्यमा आचार्य भन्छन –  संगीत यात्रामा मेरो आदरणीय दाई सन्तोष आचार्यको सहयोग र साथ् कहिले भुल्न सक्दिन ।

करिव २ दशक लाको संगीत साधना र नेपाली संगीत क्षेत्रलाई उचाई दिन सयौं गीतहरुमा कलम, आवाज र मन मिसाउँदै आएका संगीतकर्मी गोविन्द मधुर आचार्यलाई यूएस खबर परिवारको तर्फबाट निरन्तर सफलताको शुभकामना

Comments

comments