अमेरिकाले नेपाली सेनालाई दिएको दुई वटा स्काई ट्रक काठमाडौं आइपुगेको छ। अमेरिकाले नेपाली सेनालाई विपद व्यवस्थापन,आपतकालीन उद्धार तथा राहत सामग्रीको ओसारपसारका लागि प्रयोग हुने सहयता स्वरुप प्रदान गरेको दुई वटा ‘एम–२८’स्काई ट्रक आइतबार बिहान अवतरण गरेको हो।

२ करोड १८ लाख ९८ हजार अमेरिकी डलर मुल्यका यि दुई स्काई ट्रक मध्य ‘एउटा स्काई ट्रकमा १८ जना यात्रु बोक्न मिल्छ भने २३ सय किलो क्षमताको सामाग्री बोक्न सक्छ ।

२०७४ पुस ७ गते बसेको मन्त्रिपरिषद बैठकले अमेरिकासँग स्काई ट्रक माग्ने निर्णय गरे अनुरुप नेपाली सेनाले २०७४ पुस ७ गते स्काई ट्रकका लागि पत्र पठाएको थियो।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार आउँदो पुस २ गते अमेरिकी राजदूतले प्रधानसेनापतीलाई हस्तान्तरण गरेपछि ती स्काई ट्रक प्रयोगमा आउनेछन् ।

 

Comments

comments