प्रेमीले धोकादिएपछि काठमाडौंको वौद्धमा एक १९ वर्षीया थिङ थरकी युवतीले आफ्नो प्रेमीको लिङ्ग काटिदिएकी छन् । युवतीको प्रेमी भनिएका मकवानपुर घर भई बौद्ध बस्दै आएका २१ वर्षीय सुनुवार थरका युवकको अहिले ओम अस्पतालमा आइसीयुमा राखेर उपचार भइरहेको छ । प्रेममा धोका पाएपछि ती युवतीले प्रेमीलाई अन्तिम पटक भेट्न बोलाएर लिङ्ग काटिदिएको बौद्धका प्रहरीले जनाएको छ ।

युवकको यौनाङ्ग आधी काटिएको र केटीको पनि हातमा चोट लागेको बौद्धका डीएसपी रमेशबहादुर सिंहले जानकारी दिएका छन् । प्रहरीका अनुसार केटा क्रिश्चियन धर्ममा आस्था राख्छन् भने युवती बौद्ध धर्मावलम्बी हुन् । एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुबीच हालै सम्बन्ध टुटेको थियो ।

‘घरकाले नमानेको भन्दै केटाले सम्बन्ध अघि बढ्न नसक्ने जनाएको देखिएको छ’, सिंहले भने, ‘त्यसपछि अन्तिम पटक भनेर भेट्दा यो घटना भएको देखिन्छ ।’ प्रहरीले युवतीलाई पनि पक्राउ गरेको छ भने अपराधमा प्रयोग भएको चक्कु पनि बरामद गरेको छ । युवतीमाथि ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान थाल्ने तयारी गरिएको छ ।

 

Comments

comments