US Khabar

जिल्ला उपसभापति सहित थप ७ को कोरोना संक्रमणबाट मृत्यु- मृतकको संख्या १ सय १४ पुग्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

जिल्ला उपसभापति सहित थप ७ को कोरोना संक्रमणबाट मृत्यु- मृतकको संख्या १ सय १४ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १४ पुगेको छ । आज थप ७ जना संक्रमितको मृत्यु भएसंगै मृतकको संख्या ११४ पुगेको हो ।

आज मृत्यु हुनेहरुमा ललितपुर, काभ्रे, बाँके र पोखराका संक्रमित रहेका छन् । जसमध्य नेपाली कांग्रेस पश्चिम नवलपरासीका जिल्ला उपसभापति सुवासचन्द्र गिरी, बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत एक पुरुष, नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ का ६२ वर्षीय पुरुष, धुलिखेल अस्पतालमा उपचाररत धुलिखेल– ७ का ९८ वर्षिय पुरुष,  कास्की सेवा अस्पतालमा उपचारर तनहुँ ब्यास–१ की ५० वर्षीया महिला  र पोखरा १६ का ८७ वर्षीय वृद्धरहेका छन् ।

कोरोना संक्रमणबाट मृत्यु भएका नेपाली कांग्रेस पश्चिम नवलपरासीका जिल्ला उपसभापति महाबिर तथा ब्लक उद्योग परासीका सञ्चालकसुवासचन्द्र गिरीको उपचारको क्रममा ललितपुरको पाटन अस्पतालमा मृत्यु हो । साउन ३० गते पाटन अस्पताल भर्ना गरीएका ३८ वर्षीय गिरीमा निमोनिया समेत देखिएको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!