चलचित्र पोई पर्‍यो काले अमेरिकाको ड्यालसमा प्रदर्शन हुने भएको छ । नेपालमा सफल प्रदर्शन र व्यापार गरेको चलचित्र पोई पर्यो काले यहि डिसेम्बर २७ का दिन टेक्ससको ड्यालसमा प्रदर्शन हुने भएको हो ।

गत कात्तिक ८ गते देखी अल नेपाल प्रदर्शनमा आएको चलचित्र ‘पोइ पर्‍यो काले’ अमेरिका प्रदर्शकका लागि आत्रेय प्रोडक्सनका सुदीप आत्रेय र किरण घिमिरे (माइकल) ले २५ लाखमा खरिद गरेका हुन् । यो चलचित्रले नेपालमा ५१ दन मनाउन सफल भएको छ ।

अमेरिकामा रहेका नेपालीहरुको प्रशंसापूर्ण मागका कारण अमेरिकामा प्रदर्शन हुन लागेको पोइ पर्‍यो कालेको प्रदर्शनीलाई लिएर अमेरिका तथा टेक्ससबासी नेपाली र नेपाली भाषि उत्साहित देखिएका छन् । चलचित्र अमेरिका प्रदर्शनका क्रममा मिडिया पार्टनरका रुपमा टेक्ससबाट सञ्चालित यूएस खबर डटकम रहेको छ ।

शिशिर राणा निर्देशित यस चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, सृष्टि श्रेष्ठ, सोहित मानन्धर, सुरक्षा पन्त, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

 

 

Comments

comments