बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष लक्ष्मी साहको रिहाई माग गर्दै नेपाली कांग्रेस सप्तरीले शुक्रबार राजविराजमा प्रदर्शन गरेको छ ।

शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का बासिन्दाहरुको सक्रियतामा नेपाली कांग्रेस सप्तरीले प्रदर्शन गरेको हो। गत मंसिर १३ गते आफ्नै वडाकि महिलालाई कुखुरा र्फममा बोलाई जर्बजस्ती बलात्कारको प्रयास गरेको आरोपमा वडाध्यक्ष साह मंसिर २४ गते पक्राउ परेका थिए।

शुक्रबार पार्टी कार्यालयबाट निस्कएको जुलुसले वडाध्यक्ष साहलाई रिहा भन्ने नारा लगाउँदै नगरका विभिन्न भागको परिक्रमा गरेको थियो।

Comments

comments