हिन्दु धर्मालम्बीहरुले अत्यन्त आस्था राखेका भगवान गणेशको तस्विर अमेरिकन कम्पनीको अन्डरवयरमा छापिएपछि हिन्दुहरुले यसको चर्को बिरोध गरेका छन् । अमेरिकाको न्युजर्सी स्थित क्लिफ्टनमा रहेको कस्टोमन नामक कपडा उत्पादन कम्पनीले गणेश भगवान अंकित अन्डरवयर छापेपछि हिन्दुहरुले आफुहरुमाथी घोर अपमान गरेको भन्दै बिरोध जनाएका हुन् ।

कामुक अन्डरवयर भनेर कम्पनीले उल्लेख गरेको यस अन्डरवयरको मुल्य १८ डलर ६४ सेन्टस राखिएको छ । टिसर्ट ,ज्याकेट लगायतका कपडाहरु उत्पादन गर्दै आएको कस्टोमन कम्पनीले तुरुन्त यो अन्डरवयर बजारबाट फिर्ता लिनुपर्ने माग उनिहरुको रहेको छ ।  नेपालमा यस अन्डरवयरका बारेमा उति जानकारी नभएको भएपनि बिश्वका धेरै हिन्दु धर्मालम्बिले यसको बिरोधमा आवाज उठाएका छन् ।

यूनिभर्सल सोसाइटी अफ हिन्दू धर्मका अध्यक्ष तथन हिन्दु राजनितिज्ञ राजन जेडले विज्ञप्ती जारी गदैै हिन्दुहरुले अन्यत्त सम्मानका साथ घर र मन्दिरमा सजाउने भगवान गणेशको तस्विर कसैको गुप्त अंग ढाक्ने बस्त्रमा प्रयोग हुनु अत्यन्त निन्दनिय भएको बताएका छन् ।

उनले व्यापारिक वा अन्य एजेन्डाका लागि हिन्दू देवीदेवताहरूको अवधारणा वा प्रतीकहरूको अनुचित प्रयोग गरिनु समग्र हिन्दुहरुमाथीको अपमान भएको बताएका छन् ।

अमेरिकन कम्पनीले भगवान गणेशको तस्विर अंकित अन्डरवयर किन र कुन उदेश्यले छाप्यो त्यो प्रस्ट नभएपनि उनिहरुले कामुक अन्डरवयर भनेर बजारमा ल्याएको यस अन्डरवयरमा भगवान गणेशको तस्विर प्रिन्ट भएर आउनु आफैंमा दुख लाग्दो कुरा हो । विश्वको सबैभन्दा पुरानो र तेस्रो ठूलो धर्मका भगवान गैर हिन्दु देशको कम्पनीको अन्डरवयरमा छापिनुले उनिहरुले हिन्दुधर्मालम्वीको अपमान गरेको देखिन्छ । त्यसमाथी सबै हिन्दु पुजाका प्रथम भगवान गणेश कामुक भनिएको अन्डरवयरमा कसरी समेटियो यसमा पनि प्रश्न र आक्रोश दुवै ब्यक्त गर्ने प्रसस्त ठाउँ रहेको छ ।

Comments

comments