गैर आवारिय नेपाली संघ राष्ट्रिय समन्वय समिती (एनआरएनए) अमेरिकाले अमेरिकाबाट मनोनित नयाँ आईसीसी सदस्यहरुलाई बधाई तथा शुभकामना दिएको छ । डिसेम्बर १४ मा बसेको एनआरएनए अन्तराष्ट्रिय समन्वय परिसदको ७० औं कार्यसमिती बैठकबाट अमेरिका राज्यवाट मनोनित ६ जना र विश्वभरका आईसीसी सदस्यलाई एनआरएनए अमेरिकाले बधाई तथा सफल कार्यकालको शुभकामना दिएको हो ।

एनआरएनए अमेरिकाका पवक्ता ओम भट्टराईले जारी गरेको विज्ञप्ती अनुसार एनआरएनए आईसीसी सदस्यमा अमेरिकाबाट डा. हरी दाहाल, प्रमोद सिटौला, पुर्षोत्तम बोहोरा, पासाङ लामा, डा. बिष्णुमाया परिया थापा र यमुना भट्टराई रहेका छन् ।

अमेरिकाबाट प्रतिनिधित्व गरेका र विश्व भरका नव मनोनित आईसीसी सदस्यहरुलाई एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाहले पनि शुभकामना र बधाई दिएका छन् । अध्यक्ष शाहले एनसीसी र आईसीसी हातेमालो गर्दै अगाडी बढ्न तत्पर रहेको बताउँदै सम्पूर्ण आईसीसी सदस्यलाई बधाई र शुभकामना व्यक्त गरेका हुन् ।

 

Comments

comments