US Khabar

राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन

- Admin | ३ वर्ष पहिले प्रकाशित

राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । घिमिरे १९७६ साल असोज ७ गते लमजुङको बाहुनडाँडामा जन्मिएका राष्ट्रकवि घिमिरेको मंगलबार साँझ १०१ बर्षको उमेरमा निधन भएको हो ।

नेपाली साहित्यमा कविता, गीत तथा साहित्यका बिबिध बिधाद्वारा दशकौं योगदान पुर्याएका घिमिरेको आज साँझ आफ्नै घरमा निधन भएको हो ।

गौरी शोक काव्य, मालतीमंगले, ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ लगायतका बहुचर्चित कृतिहरुको रचना गरेका घिमिरका गाउँछ गीत नेपाली, नेपाली हामी रहुँला कहाँ, फूलको थुंगा, लाग्दछ मलाई रमाईलो जस्ता दर्जनौं कालजयि गीतहरु नेपाली सांगीतिक जगतमा अमर रहेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!