श्रीमतीको हत्या आरोपमा धादिङको सिद्धलेक गाउँपालिका–३ बाट प्रहरीले श्रीमान सहित तीन जनालाई पक्राउ गरेको छ ।सो गाउँपालिका–३ आमकोटकी २० वर्षीया अनिषा तामाङलाई गत मंसिर १० गते हत्या गरेर सेफ्टीट्यांकीमा हालेर बेपत्ता पारिएको थियो।

मृतक तामाङको शव शौचालयको सेफ्टीट्यांकीमा ब्ल्यांकेटले बेरेर फालिएको अवस्थामा भेटिएपछि उनका पति २३ वर्षीय अर्जुन थापा मगर सहित ३२ वर्षीय छवि थापा मगर र ४७ वर्षीय इन्द्र थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

मृतक तामाङको शव परीक्षणका लागि जिल्ला अस्पताल राखिएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले जानकारी दिएका छन्।

Comments

comments