शंकर समूहका मालिक सुलभ अग्रवाल पक्राउ परेका छन्। कालोबजारी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अग्रवाललाई मंगलबार नक्सालबाट पक्राउ गरेको हो ।
जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक समेत रहेका अग्रवालले तीन हजार पर्ने थर्मलगन १५ हजार रुपैयाँमा बेचेको आरोपमा पक्राउ गरिएको हो । पक्राउ परेका उनको साथबाट ६७ थान थर्मलगन समेत प्रहरीले बरामत गरेको छ ।
किर्गीस्थानका अवैतनिक महावाणिज्यदूत समेत रहेका अग्रवालसंग रहेको कूटनीतिक नियोगको २०९ सी सी १ नम्बरको गाडी सकेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया