धनकुटाको जोरपाटी गाउँपालिका–२ फलैचामा ट्रक र अटो  आपसमा ठोकीदा २ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

हिलेबाट जोरपाटीतर्फ जादै गरेको को २ ह ६६११ नम्बरको टेम्पु र विपरीत दिशाबाट आईरहेको को १ ख ६९१२ नम्बरको अटो दुर्घटना हुदा चालक धनकुटा–२ का २५ बर्षीय दशरथ पाख्रीन र टेम्पुमा सवार तेह्रथुम छथर गाउँपालिका–१ का ४२ बर्षीय साङ्गे शेर्पाको घट्नास्थलमै मृत्यु भएको हो ।

टेम्पुमा सवार छथर जोरपाटी गाउँपालिका–५ का २२ बर्षीय रविन घिमिरे र तेह्रथुमको लालिगुँरास नगरपालिका–५ का २५ बर्षीय प्रदिप बस्नेत घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल लगिएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिएका छन् ।

टेलर चालक संखुवासभा मादीमुलखर्क–५ का ज्ञानबहादुर गुरुङलाई सिधुवा प्रहरी चौकीले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

Comments

comments