प्रतिबन्धित लागूऔषध गाँजासहित पर्साबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्रउ पर्नेमा वीरगञ्ज–१८ बस्ने २० बर्षीय फुलमह्मद मियाँ, २० बर्षकै नौसाद हुसेन, सखुवा प्रसौनी गाउँपालिका–१ मधुवनमथौल, १९ बर्षीय एजाजुल देवान, १९ बर्षीय अली हुसेन देवान र २१ बर्षीय इजाजुल मियाँ रहेका छन् ।

वीरगञ्ज महानगरपालिका–१६ इनर्वास्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा उनीहरुलाई शनिबार गाँजासहित पक्राउ गरि आइतबार दिउँसो मात्रै सार्वजनिक गरेको हो ।

शरीरमा गाँजाको प्याकेट बेरेर नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Comments

comments