US Khabar

काठमाडौं, भक्तपुर लगायतका जिल्लामा थप ६ जनाको मृत्यु – मृतकको संख्या १२० पुग्यो

- Admin | २ वर्ष पहिले प्रकाशित

काठमाडौं, भक्तपुर लगायतका जिल्लामा थप ६ जनाको मृत्यु – मृतकको संख्या १२० पुग्यो

नेपालमा कोारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएसंगै मृतकको संख्या १ सय २० पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ६ जना मृतक मध्य काठमाडौंमा १ पुरुष, बर्दियामा १ पुरुष, मोरङ, भक्तपुर, चितवन र सुनसरीका ४ महिला रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ६८१ जना नयाँ संक्रमित फेला परेका छन् । यो संगै कुल संक्रमित संख्या २८,९३८ पुगेको छ भने सक्रिय संक्रमित संख्या ११,११८ जना रहेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!