US Khabar

नेपालमा थप ६ जना संक्रमितको मृत्यु- मृतकको संख्या १२६ पुग्यो

- Admin | २ वर्ष पहिले प्रकाशित

नेपालमा थप ६ जना संक्रमितको मृत्यु-  मृतकको संख्या १२६ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ । पछिल्लो २४ घण्टामा  थप ६ जना संक्रमितको मृत्यु भएसंगै मृतकको संख्या १ सय २६ पुगेको हो ।

थप ६ जना मृतक मध्य काठमाडौंकी एक महिला, मकवानपुरका एक पुरुष, सप्तरीका १ पुरुष र पर्साका १ दुई पुरुष र १ महिलाको रहेका छन् ।

११ हजार ८ सय ३२ जनामा गरिएको पीसीआर परीक्षणमा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार संक्रमित हुनेमा काठमाडौं उपत्यकाका मात्रै २०० जना रहेका छन् । यो सँगै संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!