नेपाली जनसम्पर्क समिति अमेरिका न्युयोर्क च्याप्टरका उपसभापति अमर तामाङको निधन भएको छ । कास्की पुर्खौली घर भै अमेरिकाको न्युर्योकमा रहँदै आएका ३९ बर्षिय तामाङका न्यूयोर्कको विश्व प्रसिद्ध क्यान्सर अस्पताल माउण्ट सिनाईमा बुधबार बिहान ३ बजे निधन भएको हो ।
बिगत १५ बर्षदेखी न्यूयोर्कमा रहँदै आएका उनि कलेजोको क्यान्सरबाट पिडित थिए । पटक पटक किमोथेरापी गर्दै आएका उनको अल्पआयुमा नै निधन भएको छ । सामाजिक कार्यमा क्रियाशिल तामाङ एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टरका उपाध्यक्ष, कास्की समाज अमेरिकाका महासचिव, तामाङ सोसाईटी अफ अमेरिकाका महासचिव लगायतका पदमा रहेर पनि काम गरेका सामाजिक अभियन्ता हुन् ।
तामाङको निधनप्रति नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट, प्रवासी नेपाली एकता मञ्च अमेरिकाका अध्यक्ष टेक गुरुङ, प्रवासी नेपाली एकता मञ्च अमेरिकाका राधाकृष्ण देउजा लगायतले दुख ब्यक्त गरेका छन् ।
प्रतिक्रिया