नेपालकी सफल फेसन डिजाईनर आभानी सिंहले अमेरिकाको टेक्ससमा बुटिक संचालनमा ल्याएकी छन् । नेपाली समुदायको आवश्यकतालाई ध्यानमा राखेर फेसन डिजाईनर आभानीले टेक्ससको युलेस स्थित ६०१ क्यारोल वेमा आफ्नो बुटिक संचालनमा ल्याएकी हुन् ।

टेक्ससमा रहेका नेपालीहरुले आफ्नो रुचि अनुसारको फेसनेवल पहिरन लगाउन् पाउन भनेर खोलिएको आभानीको बुटीकले बालक देखी बृद्ध सम्मका लागि नेपाली बजारमा चलेका तथा अन्तराष्ट्रिय स्तरका आकर्षक पहिरन डिजाईन गर्ने बताईएको छ साथै टेक्सस क्षेत्रमा हुने सौन्दर्य प्रतियोगीताका लागि पनि यस बुटिकको संचालनले सहज रुपमा आकर्षक डिजाईनका पहिरन उपलब्ध गराउनमा सहयोग हुने देखिन्छ ।

अस्ट्रियामा फेसन डिजाईनरको अध्ययन गरेर फर्किएकी आभानी सिंह विगत ७ बर्ष देखी फेसन डिजाईन ब्यवसायमा आवद्ध छिन् । नेपाली चलचित्रका कलाकार र मोडलहरुको समेत रोजाईकी डिजाईनर रहेकी आभानीले काठमान्डौको सिटि सेन्टर कमलपोखरीको जी–२६ तल्लो तल्लामा संचालन गर्दै आएको बुटीक सबैको राजाईमा पर्दै आएको छ ।

यसै संगै नोभेम्बर १६ देखि औपचारिक रुपमा सुरु गरिएको बुटिकले आगामी डिसेम्बर २९ र ३० तारिक का दिन New Arrival for 2020 नामक एक इभेन्ट समेत गर्ने बताइएको छ ।

Comments

comments