कोरोना संक्रमितको संख्या बढ्न थालेपछि कालिकोटमा पनि निषेधाज्ञा जारी गरिएको छ । संक्रमणको जोखिम बढ्न नदिन जिल्ला प्रशासन कार्यालय कालीकोटले कालिकोटमा आजबाट निषेधाज्ञा जारी गरेको हो ।
छिमेकी जिल्ला जुम्ला र आसपासका क्षेत्रमा कोरोना सङ्क्रमण बढ्दै गएपछि आज राती १२ बजे देखि ५ दिनका लागि निषेधाज्ञा जारी गरिएको हो । अहिलेसम्म ७४ जनामा कोरोनासङ्क्रमण पुष्टि भएको कालिकोटमा भदौ १० गते राती १२ बजे सम्म निषेधाज्ञा जारी गरिएको हो ।
प्रतिक्रिया