नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सुरक्षाकर्मीहरुमा कोरोना पोजेटिभ देखिएको छ । नेता नेपालको सुरक्षामा खटिएका ९ सुरक्षाकर्मीमा कोरोना पोजिटिभ देखिएको हो ।
नेता नेपालका सबै परिवार र उनको सुरक्षामा खटिएका सुरक्षकर्मीमा गरिएको स्वाब परीक्षणमा सशस्त्रका ७ र नेपाल प्रहरीका २ जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना संक्रमित सुरक्षाकर्मीहरुलाई आइसोलेसनमा राखिएको छ ।
परीक्षणको रिपोर्टमा नेता नेपालका परिवारमा भने नतिजा नेगेटिभ देखिएको छ । यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मी र नेकपा महासचिव विष्णु पौडेलका अंगरक्षमा पनि कोरोना पोजेटिभ देखिएको थियो । अंगरक्षकमा कोरोना देखिएपछि महासभिव पौडेल आइसोलेशनमा बसेका थिए ।
प्रतिक्रिया