US Khabar

कोरोना संक्रमण: ६ बर्षिया बालिका सहित एकै दिन ९ जनाको मृत्यु – मृतकको संख्या १४६ पुग्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

कोरोना संक्रमण: ६ बर्षिया बालिका सहित एकै दिन ९ जनाको मृत्यु – मृतकको संख्या १४६ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु पुष्टी भएसंगै मृतकको संख्या १४६ पुगेको हो ।

आज मृत्यु हुनेमा ६ बर्षिया बालिका समेत रहेकी छन् । मृत्यु हुनेमा सुनसरी, पर्सा, बारा, सिरहा, मकवानपुर र भक्तपुरका संक्रमित रहेका छन् । जस मध्य पर्साका तीन, सुनसरीका दुई, बारा, सिरहा, मकवानपुर र भक्तपुरका एकरएकजना रहेका छन् ।

पछिल्लो तथ्यांक अनुसार नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । जसमध्य क्वारेन्टिनमा रहेको संख्या ११ हजार ६५८ रहेको छ भने आइसोलेसनमा १२ हजार ६२९ जना छन्।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!